नेपालमा थप ३१०८ जनामा कोरोना पुष्टि

थप २५ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप ३१०८ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर विधिबाट २२०२ र एन्टिजेन विधिबाट ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ७० हजार ९५३ र एन्टिजेनबाट ५० हजार ६६४ जना पुगेको छ ।यस्तै, आज थप १५९५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको छ । निको हुनेको दर ९४।६ प्रतिशत छ । आज संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ६०७ पुगेको छ ।