सुर्खेतमा सशस्त्रको समन्वयमा अक्सिजन कन्सन्ट्रेटर प्राप्त

सुर्खेत,सशस्त्र प्रहरी बल नेपाल न ३२ गणको समन्वयमा सुर्खेत जिल्लामा तीनवटा अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ ।अस्ट्रलियामा रहेको वि केयर नेपाल पर्थ भन्ने सामाजिक संस्थाले उल्लेखित अक्सिजन कन्सन्ट्रेटरहरु उपलब्ध गराएको गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताए।

१ लाख ५० हजार देखी २ लाख रुपैँयासम्म पर्ने अक्सिजन कन्सन्ट्रेटरहरु चौकुने गाउपालिकालाई एक थान,जनस्वास्थ्य कार्यालय मार्फत चिंगाड गाउपालिकालाई एक थान र सशस्र प्रहरी बलको बाङेसिमलमा रहेको मेडिकल युनिटलाई एक थान कन्सन्ट्रेटर हस्तान्तरण गरिएको गणपती सुबेदीले बताएका छन् । दश लिटर प्रती घण्टा अक्सिजन क्षमताका तीन वटा अक्सिजन कन्सन्ट्रेटरहरु वि केयर नेपाल पर्थले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना बिरुद्ध लड्न सहयोग होस् भन्ने हेतु उपलब्ध गराएको संस्थाका सन्योजक दिनेश तुलाधरले बताए ।

 

सुर्खेत जिल्लामा कोरोनाको तेस्रो लहरको पूर्वनुमान सँगै कार्ययोजना तयार गरी कार्यन्वयनको चरणमा रहेको प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले बताएका छन्। उपलब्ध साधन श्रोत र तेस्रो लहरको लागि आबश्यक पर्ने जनशक्ती र साधन श्रोत बिच अध्ययन गरी कार्ययोजना कार्यन्वयनको क्रममा रहेको समेत उनले बताए। यसरी जिल्लामा उपलब्ध साधन श्रोतले कोविड् बिरुद्ध लड्न शाहस प्राप्त हुने समेत बताए । 

सुर्खेत जिल्लाको पश्चिमी बिकट चौकुने गाउपालिकालाई सहयोग स्वरूप अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा वि केयर नेपाल र समन्वयको लागि सशस्त्र प्रहरी बल सुर्खेतलाई धन्यवाद दिदै यस्तो सरहानिय कार्य अरुले पनि गर्नु पर्ने चौकुने गाउपालिका प्रमुख धिर बहादुर शाहीले बताए । यस्तो सहयोगले पालिका कोरोना बिरुद्ध लड्न सक्षम हुने पनि विश्वाश ब्यक्त गरेका छन् ।