बर्दियाको शैक्षिक सुधारको लागी क्रान्तिकारीले बुझायो मागपत्र

यस्ता छन मागहरू

बर्दिया,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बर्दियाले शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको छ ।आईतवार जिल्लाको शैक्षिक क्षेत्रमा देखिएका समस्याहरूको सुधारको लागि शिक्षा समन्वय इकाईलाई २१ बुदे मागपत्र बुझाएको हो । 

लकडाउनको कारण आम जनतालाई हातमुख जोर्न समेत मुस्किल बन्दै गइरहेको बेला विभिन्न विद्यालयले अनलाइन कक्षाको नाममा, सामुदायिक विद्यालयहरूले अग्रेजी भाषाको नामका शुल्क असुली गरिहेको भन्दै तत्काल रोक्न माग गरेको छ । त्यस्तै, सरकारी विद्यालयहरूमा नेपाली र अंग्रेजी माध्यमका नाममा गरिएको विभेदको अन्त्य गरिनुपर्ने, भौतिक रूपमा कक्षा सञ्चालन नभएको अवधिको शुल्क छुट गरिनुपर्ने,निजी विद्यालयद्वारा गरिएको पाठ्यपुस्तक र पोशाकको व्यापार बन्द गरिनुपर्ने, नेपालको चुच्चे नक्सा पाठ्यक्रम, पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने, शिक्षक, कर्मचारीमाथिको बौद्धिक शोषण अन्त्य गरिनुपर्ने लगायतका माग राख्दै मागपत्र बुझाएको हो ।

मागपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख रेविका अमात्यले शैक्षिक विकृत्ती नियन्त्रण गर्न अखिल क्रान्तिकारी संग सहकार्य गरेर अघाडी बढने बताइन । कार्यक्रममा अखिल क्रान्तिकारी बार्दियाका पुर्ब अध्यक्ष लोकेश जोशी, जिल्ला अध्यक्ष हरिशंकर प्याकुरेल लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

यस्तो छ मागपत्र