सार्वजनिक यातायातमा मनपरी भाडा

काठमाडौं, यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् ।

विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ ।

यात्रु रामचन्द्र सिम्खडाले शुक्रबार गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा २० असुलेको बताए । बढी भाडा लिने बा २ ख ६८०५ नम्बरको बसबारे प्रहरीलाई जानकारी गराए पनि कारबाही भएन ।

ट्राफिक प्रहरीको नम्बर १०३ मा फोन गरी तोकिए भन्दा ६ रुपैयाँ बढी भाडा लिएको जानकारी गराए पनि कारबाही नभएको उनको दुखेको सो छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ