अभिनेता अमिर खानको पत्‍नीसँग सम्बन्धविच्छेद

एजेन्सी,बलिउड अभिनेता आमिर खानले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । श्रीमती किरण रावसँग १५ वर्षको यात्रा सहमतिमा टुंगिएको जनाएका छन् ।

उनीहरूले २००५ को डिसेम्बरमा बिहे गरेका थिए। आमिर र किरणले सम्बन्धविच्छेदको बारेमा आधिकारिक विज्ञप्ति पनि जारी गरेका छन् । १५ वर्ष हामीले सँगै बितायौं। हामी प्रत्येक क्षण हास्नका साथ बाँच्यौं र हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमको साथ बढ्दै गयो। अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्नेछौं ।

जुन पति र पत्नी जस्तो हुँदैनु, विज्ञप्तिमा लेखिएको छ, हामीले हाम्रो अलग्गै योजना बनाएको थियौं र अब हामी छुट्टै बस्नेछौं। हामी छोरा आजादको अभिभावकत्वमा कुनै कसुर बाँकी राख्ने छैनौं । सम्बन्धविच्छेद भए पनि फिल्म र हाम्रो पानी फाउण्डेशनलगायत सबै प्रोजेक्टहरूमा एकसाथ काम जारी राख्ने दुवैले बताएका छन्।