जाजरकोटकी एक युवतीको भारतमा बलत्कारपछी हत्या

जाजरकोट,भारतमा जाजरकोटकी एक यूवतीको बलत्कारपछी हत्या भएको छ । धन कमाउनको लागि भारतको हिमाचल प्रदेश रिकांगपिओ पुगेकी जाजरकोट भेरी नगरपालिका डिंगा स्थायी घर भएकी बर्ष ३८ की नेने राणाको बलत्कारपछी हत्या भएको हो ।

भारतीय संन्चार माध्यमका अनुसार संगै कमाउन गएका रानाको आफ्नै देवर र भिनाजुले हत्या गरेको बताएका छन् । राणाको हत्या गरेको आरोपमा २६ बर्षका कृष्ण वहादुर थापा र ४० बर्षका दलवीर थापा भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन् ।

संगै काम गर्न गएका एकजनाले बताए अनुसार राणाको बलत्कारपछि हत्यानै भएको जानकारी दिएका छन् । उनलाई दुईजनाको मिलेमतोमा बलत्कार गरिएको र राणाले प्रहरीलाई खवर गर्न खोज्दा हत्या गरिएको बताए ।

गतशाता राणा हिमाचल प्रदेश किन्नौर नमज्ञाको एक घरको कोठामा मृत फेला परेकी थिइन् । सो घटनाको थप अनुसंन्धान भने भइरहेको छ ।