कविता (तन्त्र)

तन्त्र

एउटा राजाको शासन
राजतन्त्र,
हजारौं राजा हुदा,
शासनमा गणतन्त्र।

दल भित्रको बहुदल,
नेतृत्वमा निरदल,
नेता मध्यको राजनेता,
जन्ताले खोजेको,
शासनको जनतन्त्र।

नागरिकले पूरा गर्ने कर्तव्य,
खोज्ने अधिकार,
राज्यको व्यवस्था,
स्वतन्त्रको नियम राखेर,
शासनमा देखिन्छ परतन्त्र।

नेतृत्वले देखाउने,
जनताले हर्ने,
राम्रो होस कि नराम्रो,
ताली पिट्ने प्रजातन्त्र।

राम्रो फाल्ने,
नराम्रालाई उठाउने,
तन्त्र तन्त्र भित्र,
जनता माथी हुने,
खै कस्तो षड्यन्त्र ।