अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण
प्रकासित मिति : २०७७ आश्विन २४, शनिबार ०७:०१
प्रकासित समय : ०७:०१
काठमाडौं , दुई महिनादेखि कोरोना संक्रमण दर कम हुँदै गएको अमेरिकामा संक्रमित संख्या फेरि बढ्न थालेको छ ।अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको अमेरिकामा शनिबार संक्रमित संख्या झन् बढेको छ ।
पछिल्लो २४ घण्टामा ५९ हजार ९७१ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख ९३ हजार ८९१ पुगेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म ५० लाख ५९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २६ लाख १६ हजार २०० जनामध्ये १४ हजार ६६७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १८ हजार ६४२ पुगेको छ ।

