एमबाप्पे मैदान फर्कने

काठमाडौँ, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्ध खेल्ने उच्च सम्भावना रहेको छ ।

चोट बोकेका एमबाप्पेलाई पीएसजीले टोलीमा समेटेको छ । फ्रेन्च कप फाइनलमा इटिनेविरुद्धको खेलमा उनी घातक ट्याक्कलमा परी घाइते भएका थिए । उनले खेलको ३१औं मिनेटमा मैदान छाडेका थिए । तर उनी पुर्णरुपमा फिट हुन कम्तीमा तीन साता लाग्ने बताइएपनि पीएसजीले २८ सदस्यीय टोलीमा उनलाई पनि समेटेको हो ।

पीएसजीले क्वाटरफाइनलमा एटलान्टासँग १३ अगष्टमा खेल्नेछ । पीएसजी एटलान्टालाई पराजित गर्दै १९९४–९५ को सिजनपछि पहिलोपटक सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ। च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई पराजित गर्दै पीएसजीले क्वाटरफाइनलमा स्थान बनाएको थियो ।