सबैखाले किटाणु रोक्ने मास्क तयार

 स्विजरल्याण्डका बैज्ञानिकहरुले कोरोना लगायतका सबै प्रकारका भाइरसहरु रोक्न सक्ने मास्कको विकास गरेको घोषणा गरेका छन् । यो मास्क एक वर्षपछि अर्थात् सन् २०२१ को गर्मी महिनादेखि विक्री वितरण शुरु हुने छ । केही कानुनी र बजारीकरण सम्वन्धि प्रकृयाहरु पुरा गर्न केही समय लाग्ने भएकोले बजारमा पुर्याउन केही महिना लाग्ने स्विस अधिकारीहरुको भनाइ छ ।

मास्कको अनुसन्धान र विकास गर्नको एक करोड स्विस फ्रयांक खर्च भएको बताइएको छ । यी मास्कहरु हेलोमास्क ब्राण्डमा बजारमा पठाइने स्विस अधिकारीहरुले जानकारी दिएका छन् ।

अनुहार हवांगै देखिने यो मास्क लगाउन सजिलो र मानिसले अहिलेका मास्कहरु लगाउंदा जस्तो उकुस मुकुस महसुस नगर्ने ‘स्विस फेडरल लेबोरटेरिज फर मेटेरियलस एन्ड टेक्नोलोजी (ईएमपीए) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । संयोगले कोरोना आतंक पछि यो मास्कको परिक्षण भए पनि यसको बारेमा २ वर्ष अगाडिदेखि नै काम भैरहेको उक्त संस्थाले बताएको छ । ‘बाल बच्चा, बुढाबुढी र श्रवण शक्ति नहुनेहरुका लागि अहिले बजारमा रहेका मास्कहरु सहज छैनन । तरm हामीले बनाएको मास्क सबैले सहजै लगाउन मिल्ने र लगाएपछि अफ्ठारो नहुने खालको छ’ विज्ञप्तिमा भनिएको छ ।

अहिले बजारमा पाइने मास्कहरू पहिरनेलाई सास फेर्न गाह्रो बनाउँदछ र सास फेर्दा उठेको बाफ सजिलै माथि जान्छ । तर, हेल्लो मास्क त्यस्तो नहुने, लगाउन सजिलो, सास फेर्न पनि सजिलो हुने बताइएको छ । साथै नयाँ मास्कहरू उच्च प्रभावकारिताका लागि डिस्पोजेबल हुने भएकोले तिनीहरु वातावरण मैत्री समेत रहेको दावि गरिएको छ ।

यो मास्क बनाउन शुरु गर्दा अधिकारीहरु र बजारका ज्ञाताहरुले चासो नदिएको तर, कोरोनाको माहामारी भएपछि भने आफूहरुलाई छिटो गर्नको लागि पटक पटक अनुरोध गरिएको हेलो मास्क प्रोजेक्टका प्रमुख थियरी पेलेटले जानकारी दिएका छन् ।