थप ३ सय २३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शनिबार एकै दिन ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ३२ सय ३५ पुगेको हो। नयाँ संक्रमितमध्ये २८६ पुरुष र ३७ महिला छन्।
शुक्रबार २७८, बिहीवार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।
शनिबार पीसीआर विधिबाट ९२ हजार चार सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार एक सय ११ र आरडीटी विधिबाट पाँच हजार पाँ सय ७० जनाको नमुना परीक्षण गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार एक लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा छन् । अहिले आइसोलेसन २८ सय ५७ जनाको उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या ३६५ पुगेको छ। ३९९ जना पुरुष र ६६ महिला छन् । शनिबार मात्र ३५ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाका कारण १० जनाको मृत्यु भइसकेको छ।