कर्णालीमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमित ६० पुगे
सुर्खेत । कर्णालीमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।
उनकाअनुसार १७ देखि ५० बर्ष उमेर समुहका व्यक्तिमा पोजेटिभ देखिएको हो । उनीहरू सबै दैलेेखका हुुुन । पोजेटिभ देखिएका उनीहरु सबै भारतबाट आएका हुन् । सुर्खेतबाट पठाइएकाे १ हजार ४० जनाको स्वाब परिक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजेटिभ देखिएको थियो । थप १४ संंगै करणालीमा ६० पुगेकाे छ। यसअघि ४६ जनामा संक्रमण पुष्टि भएकाेे थियाे।
दैलेख नारायण नगरपालिका २,३,४,६,८,९ र १० वडाका स्थानीयमा कोरोना पोजेटिभ देखिएको हो । दैलेख नारायण नगरपालिकामा यसअघि विभिन्न चरणमा गरि १६ जनामा संक्रमण देखिएको थियो । शुक्रबार १४ जना थपिएसंगै दैलेखमा संक्रमितको संख्या ३० पुगेको छ ।
भारतबाट आउने नागरिकका कारण कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोना संक्रमित हुनेको संख्या ६० जना पुगेको छ ।