बागलुङमा फेरि ६ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ जेष्ठ १४, बुधबार १२:१३
प्रकासित समय : १२:१३
बाग्लुङ दुई जना संक्रमित निको भएर घर फर्केपछि कोरोना मुक्त भएको बागलुङमा पुनः एकैचोटी ६ जनामा कोरोना संक्रमण देखिएको छ। बागलुङको तमानखोलाका ४ र बडीगाडका २ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ।
संक्रमितहरु हालैमात्र भारतबाट आएका हुन्। उनीहरु गाउँकै क्वारेन्टिनमा थिए। पीसीआर परीक्षण पोजेटिभ देखिए पनि उनीहरुको अवस्था सामान्य छ। उनीहरुलाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा ल्याइँदै छ।
पछिल्लो घटनासँगै गण्डकीमा संक्रमितको संख्या १३ पुगेको छ। मंगलबार मात्रै स्याङ्जाको वालिङको क्वारेन्टिनमा बसेका दुईजनामा संक्रमण पुष्टि भएको थियो।