सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित पनि डिस्चार्ज
प्रकासित मिति : २०७७ बैशाख ९, मंगलवार १९:१३
प्रकासित समय : १९:१३
धनगढी, सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् । धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए। लगातार दोस्रो रिपोर्ट नेगेटिभआएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए। दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए। चैत १४ गते कोरोना पुष्टि भएको थियो।
यसअघि तीनपटक परीक्षण गर्दासम्म पोजिटिभ देखिएको भए पनि चौथो पटकदेखि नेगेटिभ रिपोर्ट आएको हो। उनीसहित पाँच जना संक्रमितको उपचार भइरहेको सेतीबाट आइतबार लम्कीका २१ वर्षीय युवक पनि निको भएर डिस्चार्ज भएका थिए।
अन्य तीन जना संक्रमितको भने उपचार भइरहेको छ। तीमध्ये आइतबार डिस्चार्ज भएका युवाकी भाउजुको भने उपचार भइरहेको छ।