बैशाख ३ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय
प्रकासित मिति : २०७६ चैत्र २४, सोमबार १७:४४
प्रकासित समय : १७:४४
काठमाडौं, सरकारले लकडाउन ८ दिन थप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो। यस्तै चैत १८ गते पुनःलकडाउनको समय २५ चैतसम्म थप गरेको थियो ।
यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ ।