लकडाउनमा मदिरा ओसारपसार गर्ने २ जना पक्राउ

काठमाडौं , सिन्धुपाल्चोक प्रहरीले लकडाउनको समयमा मदिरा ओसारपसार गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा चेकजाँचको क्रममा मदिरा बोकेको वा ११ च ५३८१ नम्बरको बोलेरोसहित चालक गणेश प्रधान र मोहन प्रधान पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ४५० क्वाटर रोज र ४८ क्वाटर गोल्डेन वाक नामको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रनाउ माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।