३३ किलो सुन प्रकरणः एसएसपी लोहनी थुनामुक्त
प्रकासित मिति : २०७५ भाद्र ३०, शनिबार ००:३९
प्रकासित समय : ००:३९
३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी रिहा भएका छन् । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । शुक्रबार उच्च अदालत, विराटनगरले एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ ।
जिल्ला अदालत, मोरङको आदेश उल्ट्याउँदै न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश दिएको हो । एसएसपी लोहनीले गत असार ७ गते थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
लोहनी तत्कालिन महानगरीय अपराध अनुसन्धान, महाशाखाका प्रमुख थिए । लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।