कालिकोटको माल्कोटमा शून्य मतदान, हेरेको हेर्यै भए कर्मचारी

कालिकाेटकाे मालकाेटमा गाेली हानाहान हुन थालेपछि निर्वाचन टाेली दिउसै फर्केकाे छ । मालकाेटकाे सल्लारुख गाउँ नजिकै राखिएकाे बुथबाट निर्वाचनका लागि खटिएका कर्मचारी, म्यादी प्रहरीसहितकाे सुरक्षाकर्मी टाेली दिउसाे तीन बजे नै फर्केकाे बताइएकाे छ । 

दिउसाे तीन बजेसम्म कुर्दा पनि मतदान गर्न काेही नअाएपछि मतदान केन्द्रमा रहेका कर्मचारी र सुरक्षाकर्मीकाे टाेली दिउसै फर्केकाे थियाे । मालकाेटमा नन्दादेवी मावि सेरापाटामा मतदान केन्द्र राखिएकाे थियाे । उक्त मतदान केन्द्रमा करिव पाँच दर्नजभन्दा बढी जना नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी २०० काे सङ्ख्यामा सुरक्षाकर्मी राखिएकाे थियाे । साथै नेपाली सेनाकाे हेिलकाेप्टरबाट बिहानैदेखि साे क्षेत्रमा गस्ती पनि गरिएकाे थियाे । 

ठूलाे सङ्ख्यामा प्रहरी परिचालन गर्दा पनि त्यस क्षेत्रका मानिसहरु मतदान गर्न नअाएपछि निर्वाचन टाेली दिउसै फर्किएकाे हाे । मालकाेटकाे शेरापाटामा केही दिन अघिदेखि प्रहरी र स्थानीयवासीबीच सामान्य झडप पनि हुँदै अाएकाे थियाे । केही दिन अघि मात्र प्रहरीले ३ जना युवालार्इ पक्राउ गरेपछि महिलाहरु जम्मा भएर प्रहरीबाट खाेसेका थिए । गए राती पनि सल्लारुख गाउँलार्इ घेरा हालेर छापा मारिएकाे थियाे । सल्ला रुख गाउँ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डकाे गाउँ हाे । 

अाज मतदानकाे दिन पनि बिहानैदेखि साे क्षेत्रमा प्रहरी परिचालन गरेर जनतालार्इ मतदानका लागि दवाव दिएकाे थियाे । तर, दिउसाे तीन बजेसम्म पनि मतदान गर्न मानिसहरु नअाएपछि त्यहाँ रहेका पार्टीका एजेन्ट, सुरक्षाकर्मी, कर्मचारी अाफैले भाेट हालेर टाेली फर्किएकाे बताइएकाे छ । 

त्यसैगरी कर्णाली अञ्चलकै मुगु जिल्लामा स्थानीय जनताले निर्वाचनका लागि गएकाे सुरक्षाकर्मीसहितकाे टाेलीलार्इ लेखेटेका छन् । मुगुकाे सीमा माङग्री गाउँकाे थाइल मतदान केन्द्रमा गएकाे निर्वाचन टाेलीलार्इ जनताले लखेटेका हुन् । 

थाइल गाउँमा मतदानका लागि गएकाे सुरक्षाकर्मीकाे टाेलीले मतदान गर्न नमानेपछि दवाव दिन थालेकाे र साे क्रममा अाक्राेशित स्थानीयले प्रहरी र कर्मचारीलार्इ लखेटेका हुन् । साे क्रममा तीन जना प्रहरी घाइते भएकाे बताइएकाे छ । 

अाजै दिउसाे मालकाेटकाे सल्लारुख गाउँ नजिकै रहेकाे मतदान केन्द्रतर्फ लक्षित गरी केही व्यक्तिले अटाेमेटिक हतियारले गाेली चलाएका थिए ।  आइतबार बिहान ९ बजेतिर गाेली चलाइएपछि त्यहाँ निर्वाचनका लागि खटिएका कर्मचारी अात्तिएका थिए । त्यसकाे जवाफ स्वरुप प्रहरीले पनि त्यसतर्फ केही राउण्ड फायर गरेकाे थियाे । त्यसपछि केहीबेर दुबैतर्फबाट गाेली हानाहान र दाेहाेराे भिडन्त भएकाे थियाे । प्रहरीले अज्ञात समूहले सेल्फ लाेडिङ राइफलबाट गाेली चलाइएकाे जानकारी दिएकाे छ । साे क्रममा प्रहरीले २५ राउण्ड गोली चलाएको बताइएकाे छ । एक स्थानीयवासीले प्रहरीले भन्दा अर्काेतर्फबाट बढी गाेली चलेकाे बताए । 

यसघि मलकोटमा शनिबार राती पनि दोहोरो गोली हानाहान भएकाे थियाे । साथै प्रहरीले सल्लारुख गाउँ र त्यस अासपासका गाउँमा घेरा हालेर सर्च अभियान पनि चलाएकाे थियाे ।

निरन्तर झडप भइरहेपछि त्यस ठाउँमा अाजमात्र निर्वाचन सामाग्री र निर्वाचन टाेली पुगेकाे थियाे । सेनाकाे हवार्इ गस्तीसहित प्रहरीकाे कडा सुरक्षाकाबीच कर्मचारी र निर्वाचन सामाग्री त्यहाँ पुर्याइएका थिए ।

गत स्थानीय तहकाे निर्वाचनमा पनि मालकाेटकाे नन्दादेवी मावि सेरापाटामा झडप भएकाे थियाे । झडपमा परी एक जनाकाे मृत्यु हुनुका साथै दुर्इ जना घाइते भएका थिए । त्यतिबेला मतदान सकिएपछि झडप भएकाे थियाे भने यसपटक मतदान सुरु हुने बित्तिकै गाेली हानाहानसहितकाे भिडन्त भएकाे हाे ।

कालिकाेटका अन्य ठाउँमा पनि गए राती र अाज दिउसाे पनि वम विष्फाेटका घटना भएका छन । शनिबार राती मात्र कालिकोटको मुम्रास्थित क्यूरी मतदान केन्द्रमा राती भिडन्त भएको थियो । क्यूरी मतदान केन्द्रलार्इ नेपाल कम्युनिस्ट पार्टी समर्थित कार्यकर्ता र स्थानीयले केही समय नियन्त्रणमा समेत लिएका थिए । मतदान केन्द्रलार्इ नियन्त्रणमा लिइ उनीहरुले निर्वाचन सामाग्री नष्ट पनि गरेका थिए । मतदान केन्द्रमा रहेकाे निर्वाचन टाेली र प्रहरीकाे टाेली भिडन्त भएपछि भागेकाे थियाे । साे क्रममा प्रहरी सर्इ र हवल्दार तथा दुर्इ जना स्थानीय घाइते भएका थिए । 

राती ९ बजे देखि १२ बजेसम्म भएको भिडन्तपछि स्थानीयले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन सामाग्री कब्जा गरेर बुथ खाली गरेका थिए ।यस्तै शनिबार दिउसो कालिकोटकै पलाता गाउँपालिकाको डाफे मतदान केन्द्रका लागी गएको कर्मचारी र सुरक्षाकर्मीहरुको टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेपछि नेपाली सेनाको हेलिकप्टरले हवाई फायरिङ गरेको थियो ।

त्यस्तै कालिकाेटकै मेहलमुडीमा अाज बिहान प्रहरीले दर्जनाै राउण्ड हवाइ फायर गरेकाे थियाे । त्यसपछि उक्त क्षेत्रमा ३ वटा हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी र कर्मचारी उतारेको थियो भने भागेका कर्मचारी र प्रहरीलाई शनिबार हेलिकप्टर मार्फत नै सदरमुकाम फिर्ता लिएको थियो ।