डोल्पामा विप्लब माओबादीले टाँस्यो उम्मेद्वारको घरमा कालो झण्डा
डोल्पाका सम्पुर्ण प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेद्वारको घरमा आसन्न चुनाव बहिष्कार गरौं लेखिएको कालो झन्डा टाँसिएको छ । सदरमुकाम दुनैको नै सुरक्षा ब्यवस्थालाई ठाडो चुनौती दिँदै नेकपाका कार्यकर्ताले दुनैमा घर भएका उम्मेद्वारहरुको घरमासमेत चुनाव बहिष्कार गरौँ लेखिएको कालो ब्यानर टाँसेको हो ।
बामगठबन्धनकोबाट प्रदेश निर्वाचन क्षेत्र क मा एमालेबाट उम्मेद्वार बनेका नन्द सिहं बुदा ,एमालेबाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका धन बहादुर बुढा र काङ्ग्रेसबाट प्रतिनिधिसभाका उम्मेद्वार बनेका अंगत बुढाको घरमा चुनाव बहिष्कार गरौँ लेखिएको कालो ब्यानरको टाँसिएको हो ।
त्यसैगरि, सदरमुकाम बाहिर घरभएका काङ्ग्रेस प्रदेश निर्वाचन क्षेत्र क का उम्मेद्वार बेगम सिंह ठकुरी, काङ्ग्रैसकै निर्वाचन क्षेत्र ख का उम्मेद्वार शुरेस शाही, बामगठबन्धनबाट प्रदेश निर्वाचन क्षेत्र ख बाट उम्मेद्वार बनेका माओबादी केन्द्रका बीर बहादुर शाहीको घरमा पनि कालो ब्यानर टाँसिएको स्रोतको भनाई छ ।
डोल्पाका प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेद्वारको घरमा कालो झन्डा राखिए पनि विहानै कसैले पत्तो नपाउँदै प्रहरीले हटाएको थियो । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा विप्लब माओबादीका बिरोधि कार्यक्रम बड्दै गएपछि डोल्पामा सुरक्षा चुनौती बड्दै गएको छ ।