व्यानर न्यूज Archive

विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोलि हुने विरोध सभामा सहभागी हुन अपिल गरेका छन् । कांग्रेसले भोलि फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ

ललिता निवास प्रकरणः सर्वोच्चले नेपाल र भट्टराईविरूद्ध अदालतमा अभियोगपत्र झिकाउन आदेश

काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्धा चलाउन माग गर्दै परेको रिटमा प्रमाण झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले विशेष अदालतमा दर्ता भएको

आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो राजनीतिक दललाई

काठमाडौं,निर्वाचन आयोगले आगामी चुनावको बारेमा छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ। चुनावको बारेमा दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिएका

सुर्खेतमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टरको नयाँ आयाम

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरको शहिद पार्क जाने बाटो सुर्यमुखि टोलमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाको प्रमुख आतित्थतामा संचालनमा आएको हो

एकोहोरो शंख बजाएर सरकारविरुद्ध आन्दोलन

काठमाडौं,वृहत नागरिक आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। शुक्रबार वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड-रत्नपार्क-भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर’ लगायतका

प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलर

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय कार्यालयले सबै जिल्लामा सर्कुलेसन समेत गरेको छ ।सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा

रिहाइपछि झाँक्रीले भनिन्- हामी जित्दैछौं, प्रतिगमन झुक्दैछ

काठमाडौँ, प्रहरी हिरासतबाट रिहा भएकी  नेतृ रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएकी छन् । रिहाइपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाँक्रीले आफू विना शर्त रिहा भएको बताएकी छन् । प्रतिगमनविरुद्ध आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन भूमिका खेलेका

रामकुमारी झाँक्री रिहा

काठमाडौँ , राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको आरोपमा पक्राउ परेकी नेतृ रामकुमार झाँक्रीलाई प्रहरीले   रिहा गरेको छ । । श्रीमान पशुपति पुरीको जिम्मा लगाएर महानगरीय अपराध महाशखाले रिहा गरेको हो । प्रहरी कार्यालयमा भएको करिब

नेपालमा थप ८१ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ

विप्लव, वैद्य, कट्टेल र आहुतीको संयुक्त मोर्चा घोषणा

काठमाडौं,प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चा घोषणा गरेको छ । बुधबार एक कार्यक्रमबीच चार दलले संयुक्त मोर्चा घोषणा गरेको हो । रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा