दाङको राप्ती गाउँपालिकामा मात्रै भारत र तेस्रो मुलकबाट १ सय भन्दा बढी व्यक्ति भित्रिए

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिकामा मात्रै भारत र तेस्रो मुलुकबाट १ सय ३१ व्यक्ति भित्रिएको गाउँपालिकाले बताएको छ । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएपछि भारत र तेस्रो मुलुकमा रहेका नेपालीहरू नेपाल भित्रिएका हुन् ।

चैत्र १५ गते सम्मको रेकर्ड अनुसार सवै भन्दा धेरै वडा नम्बर १ मा ३० जना र सवै भन्दा कम वडा नम्बर ६ मा ३ जना त्यसै गरि वडा नम्बर २ मा १३, ३ मा २२, ४ मा १३, ५ मा १७, ७ मा १७, ८ मा १६ जना व्यक्तिहरू भित्रिएका छन् । भने ९ नम्बर वडाबाट तथ्यांक नआएकाले हाल सम्म शुन्य रहेको गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् ।

नेपाल आएका मध्ये १ सय २४ जना भारतबाट,७ जना मलेसिया,कतार,दुवै र कोरियाबाट आएको सुचना अधिकारी विकले जानकारी दिएका छन् । यसै बिच गाउँपालिकाले राहत वितरणका लागि ९ वटै वडामा लगत संकलनको काम समेत भइरहेको बताइएको छ । गरिव,विपन्न तथा ज्यालादारी गर्ने तथा साँझ विहानको छाँक टार्न धौ हुने परिवारको पहिचान गरि लगत संकलन भइरहेको सुचना अधिकारी विकले बताएका छन् ।