प्रतिनिधिसभा सांसद चाैधरीको राहत कोषमा तीन लाख बढी रकम जम्मा

भालुवाङ(दाङ)  कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनका कारण कनैपनि नागरिक भोकले मर्न नपरोस भन्दै प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले स्थापना गरेको राहत कोषमा हालसम्म ३ लाख ६७ हजार ६ सय रूपयाँ जम्मा भएको छ ।

काेषमा लमहीका अजमल तुल्ला सिद्धकी, हाल घाेराही काेइलाबास निवासी माेहमद याकुब र कोइलाबासका अब्दुल खालिक सिद्दकीबाट ३ लाख बराबरकाे जिन्सी सामाग्री जम्मा गरेका छन । त्यस्तै तुलसीपुरका काठमाडौं फाइन्ड अल नेपाल प्रालिका प्रबन्ध निर्देशक अाकाश चाैधरी र कानुनी सल्लाहकार अनिल अाचार्यबाट २५ हजार नगद जम्मा भएकाे बताइएकाे छ ।

भने  गढवा गाउँपालिका वडा नम्बर १ कालाकाँटे निवासी बाबुराम अधिकारीबाट १२ हजार ५ सय,फाइन्ड अल नेपाल प्रालिबाट २५ हजार र गढवा गाउँपालिका ५ मधपुर हाल साउदी अरबबाट खड्गा वलीबाट ५ हजार १ सय रूपैयाँ प्राप्त भएको प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले जानकारी दिएका छन् । यता जनता मावि कालाकाटेका प्रअ मुक्तिप्रसाद शर्माले सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन् ।