कोरोना भाइरसको महाकाल

छिमेकी राष्ट्र चीनबाट सुरु भएको नोबल कोरोना भाइरस (कोभिड १९) को कहर विश्‍वभर फैलिइरहेका बेला अर्को छिमेकी भारतले पनि रात दिन नभनि भाइरससंँग लडिरहेको छ । रातदिन मजदुरी गरेर छाक टार्न बाध्य भएका होस या आफ्नो दैनिकि चलाइरहेका धेरै जसो भारतीय नागरिकले पनि कोरना भाइरससंगको भिषण लडाई लडिरहेका छन् ।

हालसम्मा केहि केहि नभएपनि हामी नेपाली मनमैत्री भएर हो वा परेपछि मात्रै विश्वास गर्ने बानीले यो महामारीमा ठूलो संकट व्यहोर्नु पर्ने देखिन थालेको छ। चीनबाट सुरु भएको (कोभिड१९) इटालीसम्म पुग्दा त्यहाँका देश र जनताले बेलैमा सावधान हुन नसक्नु महाभूल भएको घाम जस्तै छर्लङ्खै देखि सकेका छौं।

आज भोलि इटालीले जुन नियती भोग्‍नुपरेको छ, त्यसको मूल्य चुकाउन त्यो देशलाई लामो समय श्रम, मेहनत र धन खर्च गर्नु पर्ने देखिँदै छ। बिकास तथा बिभिन्न दृष्टिकोण वाट इटाली सरकार नेपाल सरकार भन्दा पक्कै पनि कमजोर थियन होला तर पनि त्याहाका मानिसको जीवन क्षति त अपूरणीय नै भइहाल्यो।

विश्वमा धेरै प्रकारका प्रकोप तथा महामारि नआएका होइनन् तर पहिलेका महामारि भन्दा यो महामारि सोही सरहको भन्ने बुझ्ने कोसिस गर्यौ भने हामि गरिब तथा इमान्दार नेपालि र पिछडिएको क्षेत्र कर्णालिका हामि जस्ता लाखौनागरिकले ले तर हामी आफैंलाई कसले सम्झाउने हो चिन्ताको बिषय बनेको छ। के हामीले यसको नियन्त्रण गर्न सक्ने अवस्था छ ? हामीले संयमता अपनाई यो भाइरस आउन नदिनु नै आजको मूल चुनौती हो। उसको लागि अरुले होइन, आफैंले सुरक्षित भइरहनु पर्नेछ।

अब यो अवस्थामा पनि नेपाली नेपाल र हामीले यो परिस्थितिलाई आत्मसाथ गर्न सकेनौ भने यस्को भयावहबाट हामीलाई पशुपतिनाथले पनि बचाउन सक्ने छैनन्। राज्यद्वारा प्रेषित र स्वास्थ्य संगठनद्वारा दिएका कार्यहरु अनुशरण नै यो महाकालबाट बच्‍ने मुख्य आधार हो। हामि नेपालि धेरै जान्ने नबनौ मदिरा सेवन गरे यो भाइरस लाग्दैन, बिश्वयुद्धमा नसकेका नेपालिलाई के भाइरस ले सक्ला र जस्ता बिभिन्न हावादारि बिषय बस्तुलाई छोडेर आफु बाच्ने र बचाउने कुरामा सबै नेपालिले लाग्न जरुरि देखेको छु ।

के यो भाइरसलाई जित्न युद्ध हो र यो ? हामिले पावरको खेल भन्दानि दिमागको खेल र ज्ञानको खेलबाट मात्र यो भाइरसवाट बच्न सकिन्छ र बचाउन सकिन्छ । यो भाइरस हावामा ३ घण्टा, तामाको भाडामा ४ घण्टा, कागजमा २४ घण्टा, स्टीलको भाडाकुडाँमा २ दिनदेखि ३ दिनसम्म, प्लास्टिकका वस्तु तथा भाँडाहरुमा ३ दिनसम्म रहने हुँदा आफ्नो भाँडा, आफ्ना सामान आफैं चलाऊँ, बाहिर नजाऊँ, सेनिटाइजर प्रयोग गरि सबैलाई भनौँ र आफू पनि स्वस्थ व्यवहार गरौँ ।

कोभिडको अर्थ को भिड्ने होइन, हामी आफैं आफ्नो र देशको रक्षाका लागि भिड्ने हो। हिजो अस्तीको जस्तो बन्दलाई मनोरञ्जनात्कम बनाएर दिन काट्ने, साथीभाइँसँग तास खेल्ने, भेटघाट गर्ने, मादकपदार्थ पिउने वा आफ्नो आफ्नो स्वार्थको गुटको लागि जम्मा हुने बेला यो होइन। सबैले सचेत हुनुपर्छ।

यसको जन्मबारे फरक फरक अड्कलबाजी भइरहेको बेलामा वेद९धर्महरुको व्याख्या र मान्यताका आधारमा वा देवमुनी भएका कारणले वा हाम्रो क्षमता शक्ति इम्युनिटी पावर बढी भएको कारणले पशुपतिनाथले रक्षा गर्छन भन्‍ने अवधारणाहरुले झुटो आश्‍वासन देखाएर देश र जनतामाथि खेलवाड नगरौं। अमेरिकाले बनाएको मानवनिर्मित जीवाणु होस्, वा चीनको ल्यावबाट निस्केको भाइरस होस्, यो खतरनाक छ। यसबाट हामीले हाम्रो समाज देश जनताको रक्षा गर्नु हामि नेपालि हुनुको गर्ब हुनेछ ।