मनकारी युवा जसले बाँडे आपत्तमा बिपन्न समुदायलाई राहत

नेपालगन्ज,बाँके बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन । राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत बितरण गरेका हुन ।

उनिहरुले यस्तो बिपत्तिको समयमा कोहि पनि भोकै मर्न नहुने भन्दै चामल,दाल,साबुन लगायतको अत्याबश्यक सामान बितरण गरेका हुन । उनिहरुले करिब ३८ घरपरिबारलाई राहत मुलक सामाग्री बितरण गरेका बताइएको छ । सामाजिक उतरादायित्व भएकाे भन्दै युवाहरूले जटिल परिबेशमा कर्तव्य निभाएकाे बताएका छन ।

बिशेष गरि करमाेहनाका बिपन्न समुदायलाइ १० केजि चामल १ केजि दाल १पोको खाने तेल १ पोको नुन १ वाट हात धुने साबुन ३८ घर परिवारलाई वितरण गरेका हुन । बाँकेका राष्ट्रिय युवासंघका युवा नेता जीत शेष र जानकिगाउपलिका वार्ड ३ कारमोहनाका युवाहरु सहदात आलि,काम्लेश बर्मा भन्दु पसि,दिपेश बर्मा, इर्शाद शेख राजकुमार क्षोत्री लगायतका समाजसेविकाहरुको उपस्थितिमा राहत वितरण गरेको बताइएको छ ।