सरकार ! अस्पताल बन्द गरियोस

स्वास्थ्यका सवालमा कमजोर राज्य प्रणाली छ भने उक्त देशका जनाता गरबीको चक्रमुनि फसिरहेका हुन्छन¸ मृत्युसँग पौठेजोडि खेलिरहेका हुन्छन भन्ने यथार्त हालैका हाम्रा देशमा कोरोना संक्रमितको शंकामा अस्पताल भर्ना भएका विरामीको मृत्युको खबरले प्रमाणित गरिसकेको छ ।

स्वास्थ्यमा समस्या देखिएका नागरिकहरुको अन्तिम आशाको बिन्दु भनेको अस्पताल हो तर अस्पतालले नै नागरिकहरुको स्वास्थ्य वेवास्ता गरेको देखिन्छन । अस्पताल भर्ना भएका कोरोना संक्रमित नभएका शंका मात्र गरिएका नागरिकको मृत्यु हुनुले अवका दिनमा बिरामि भएर अस्पताल जानु भनेको मृत्यु प्रमाणित गर्नका लागि मात्र हुने कुराको संकेत गरेको छ ।

स्वास्थ्यका नजरले हेर्दा विश्वरका ठुला अर्थतन्त्र बोकेका मूलुक जसले विश्वा अर्थतन्त्रको ठुलो हिस्सा ओगटछन उनिहरु आर्थिक तथा भौतिक रुपमा बलियो छन तर पनि मानविय स्वास्थ्यमा आउने माहामारि सँग भिडन सक्ने ताकत राख्दैनन् । मेरो अघिल्लो लेखमा मैले हाल विस्वमा फैलिएको कोरोना भाइरस महामारिको प्रभाव बारे उल्लेख गरिसकेको छु । आजको यस आलेखमा म यस भाइरसले नेपालमा देखाएको संत्रास र यसले दिएको मानसिक पिडाका बारेमा खाष कुरा उल्लेख गर्न खोज्दैछु ।

नागरिकहरु यतिखेर त्रसित छन् । ठाँउठाँउबाट आउने नागरकिहरुको चेकचाँचमा पर्याप्ते ध्यान दिइएको पाइएको छैन् । काम नगर्ने मेशिनको भरमा ज्वरो नाप्नेँ काम भएको छ यसले कसरि एकिन गर्छ कि नागरिक यसबाट सुरक्षित छन भनेर । सरकारी अस्पतालमा भएका बिरामी जसको समय नपुग्दै डिस्चार्ज गरिएका छन् ।

अस्तालमा भर्ना भएका बिरामिको उचित हेरचाह गर्ने खाष उपकरण अभाव देखाउदै चिकित्सकले सेवा दिन मानिरहेको देखिदैन् । अस्पतालमा उपकरणहरु पर्याप्त मात्रामा भएपनि उपचार तथा सेवा अस्पतालबाट यो समयमा पाउनु बेतुकको कुरा हुन जानेछ । अस्पतालका शैयाहरु खालि छन अनि किन चाहियो अस्पताल त्यसैले भन्न मन लाग्यो अस्पताल के का लागि सरकार ? 

मानिस आफैमा एक सामाजिक प्राणि भएकोले होला आफ्नो समुदायबाट जति टाढा भए पनि अप्ठ्यारो परिस्थितिमा आफ्नै माटो सम्झिनु स्वभाविक रहन्छ । समाजको अभिन्न अंगको रुपमा चित्रित मानव आज विस्वको हरेक कुनाबाट आफ्नो थात थलो तिर फर्किन खोज्दैछ हारगुहार माग्दैछ कि उसलाइ उसको जन्मभूमीमा प्रवेश गर्न दिइयोस भनेर¸ तर हाम्रो नेपालमा पछिल्लो चरणमा भएका कतिपय घटनाले अत्यन्तै मन कुडिएर आएको ।  आँखा रसाएका छन्, दुनियाले हेरेर मात्र बस्न सक्ने अवस्थाको सिर्जना भएको छ ।

भारतमा मजदुरि गर्न गएकाहरु नाकामै अलपत्र छन् भने केहिले सिमानमा रहेका नदिबाट हाम फालेर नदि पार गरे लगत्तै प्रहरिले नाङ्गै पक्राउ गरेका तस्विर सामाजिक सञ्जालमा देख्दा मानव हृदयले यतिखेर भक्कानो छोडेको छ । सरकार यहि हो तर सरकारी अधिकारीहरुको रबैया अलि भेदभावयुक्त देखिएको आभाष सर्वत्र भैरहेको देखिन्छ । सरकारको नजिकका मान्छेहरुले भरपुर फाइदा लिइरहेका छन् भने सरकार समक्ष पहुँच नभएका सर्वसाधारण सरकाले बनाएको नियमको चपेटामा छटपटाउदै छन् ।

चीनको हुवेर्इ प्रान्तबाट यो भाइरसको उत्पति भएको थियो । उक्त समयमा चाइनाले आफ्ना नागरिकहरुलार्इ लकडाउन गरि घरभित्रै राखेको थियो । कोरोना भाइरस (२०१९ सीओभी) को ‘आउटब्रेक इपिसेन्टर’ हुवेई प्रान्तको राजधानी वुहानमा दुई ठूला आइसोलेसन बेडसहितका अस्पताल निर्माण गरेर चीनले विश्वसामु आफ्नो शिर उच्च पार्ने काम गरिसकेको छ । अहिले चाइना विश्व समुदायलार्इ सहयोग गर्ने अवस्थामा पुगिसकेको छ र हालै नेपाललार्इ विभिन्नच स्वास्थ्य परिक्षण लगायतका उपकरणहरु ल्याएर नेपाललार्इ अस्तान्तरण गरेको छ ।

जब चिनमा यो भाइरसले महामारिको रुप धारण गर्दै थियो हामि नेपालि मजाक ठानेर नेपाल भ्रमण बर्ष २०२० को नारा लिएर विदेशमा गएर अन्तराष्ट्रिय मूलुकहरु लार्इ भनिरहेका थियौ कि नेपाल कोरोनाबाट सुरक्षित छ र आउनुहोस नेपाल घुम्न । यसो भनिरहदा हामिले सजगता नअपनाएको पक्कै पनि हो ।

जब यो भाइरसले विश्काल अन्य शक्तिशाली राष्ट्रनहरुलार्इ पछ्यायो त्यसपछि मात्र हामि केहि झस्किएका थियौ । अझै पनि कतिपयलार्इ यो कुराले त्यति गम्भिर नबनाएको जस्तो देखिन्छ जनता देखि नेता सम्म सरकारले गरेको लकडाउन लार्इ अटेर गरेर सर्वत्र आवतजावत गरिरहेका छन्¸गाडि रिजर्व गरेर ठाँउ ठाँउमा पुग्नेन गरेका छन् यो पक्कै पनि राम्रो कुरा होइन यसले भविस्यमा ठुलो संकट निम्त्यउने छ ।

जब हाम्रो देशमा यसले बिकराल रुप लिनेछ त्यतिवेला न डाक्टर न त सरकार कसैले पनि मद्दत गर्न सक्ने अवस्था छैन् । त्यसैले हामि नागरिकहरु घरमै सुरक्षित तवले बसेर यो महामारिसँग लडनको लागि तयार रहनुको विकल्प छैन् । त्यस कारण सरकार तथा नागरिकहरु यस प्रति सचेत हुदै सरकारले जारि गरेको सन्देश तथा नियमको पालना गरौँ चेतना भया ।