लकडाउनकाे उलंघन बढ्न थालेपछि गाउँका बाटोमा छेकबार

 भालुवाङ(दाङ) , नेपाल सरकारले गरेको लकडाउनका क्रममा दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका क्षेत्र भित्र व्यापक उलंघन हुन थालेपछि गाउँका बाटोहरूमा छेकबार गरिएको छ ।

बढ्दो कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन सरकारले गरेको दोस्रो चरणको लकडाउनमा राप्ती गाउँपालिकाका ९ वटै वडाका सहायक बाटोहरुमा छेकबार गरिएको गाउँपालिकाका प्रवक्ता विद्याशरण चाैधरीले जानकारी दिएका छन् ।

सरकारको नियम, कानुन नमानेर कोरना भाईरसको जोखीम बृद्धि गर्न नागरिकहरू खुलारूपमा हिडडुल गर्ने तथा सवारी साधन चलाउनेलाई रोक्नका लागि वडा कार्यालयहरुको पहलमा स्थानीय प्रहरी तथा टोल सुधार संस्था र गाउँ सुधार समितिको संक्रियतामा गाउँगाउँ जोड्ने बाटोमा बार र लगडाउनको कार्यान्वयन गराइएको प्रबक्ता चौधरीले जानकारी बताए ।

हरेक वडाले आफ्नो वडाका बुद्धिजिवी, भद्रभलादमी राजनीतिकदलका प्रतिनिधि, टोलसुधार समिति, गाउँ सुधार समिति, गाउँ अगुगा लगायतलाई छलफल गराई अत्यावस्यक कामका लागि बाहेक हिडडुल गर्न रोक लगाईएको प्रबक्ता चौधरीले बताए ।

यसै बिच गाउँपालिकाले यो समयमा गहुँ, मसुरो र मकै भित्राउने समय भएकोले कृषकहरु केहि खेतवारीमा देखीने भएकोले गाउँगाउँमा हाँक हालेर दुई ब्यत्ति विच दुरी कायम गर्ने, मास्क लगाउने र भिडभाड नगर्ने गरि सुरक्षित खेतीपती गर्न गाउँपालिकाले सवै कृषकहरूमा अाग्रह गरेको छ ।