कोरानाबाट पाकिस्तानमा २१ को मृत्यु, १७ सय संक्रमित

काठमाडौं , दक्षिण एसियाली मुलुक पाकिस्तानमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु भएको छ ।

सोमबार त्यहाँ ७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको हो । यस्तै थप १ सय २० जनामा नयाँ संक्रमण देखिएपछि १७ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

उपचारारत १६ सय २० जनामध्ये ११ जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोना भाइरसको कुनै नयाँ संक्रमण देखिएको छैन ।