औषधि लिएर डोल्पा पुगे मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल

डोल्पा,कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल औषधि र उपरकण लिएर डोल्पा पुगेका छन्।  मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री  रावल आफै डोल्पा जिल्ला अस्पताल पुगेर औषधि र उपरकण हस्तान्त्रण गरेका हुन् ।

हेलिकोप्टरबाट सर्जिकल मास्क २ हजार, पिपीई ६० थान,लुज ग्लोबस एकहजार एन नाइन्टी मास्क २५थान,पारा सिटामोल ५ हजार टयाब्लेटस,साधारण मास्क एक हजार थान,गाउन ५ थान, ब्रोसर ५ सय थान, बिरामीको लगत राख्ने किताब १० थान,सेनिटाइजर दुई बोतल,क्यानुला २४ नम्बरको २१ थान २२ नम्बर ३० थान र क्लोरोक्वीन औषधि ५ सय टयाब्लेटस स्वास्थ्य सेवा कार्यालयले बुभेको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी देबबहादुर बिसीले जानकारी दिए ।

आइसोलेसनमा राखिएका दुईजना बिरामीको स्वाप परीक्षणका लागि सुर्खेत लगिएको छ । बिरामी सामान्य भएकाले नआत्तिन भन्दै परीक्षणा लागि नमूना सुर्खेत लगिएको हो । करिब एक घण्टा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी,जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसँग बसेका मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावले अस्पतालको निरीक्षण गर्नुका साथै तत्तकाल व्यवस्थापन प्रभावकारी बनाउन सबैलाइ निर्देशन दिए ।

सोमबार आइसोलेसनमा राखिएका बिरामी भेटेका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले लाजमर्दो आइसोलेसन भएकाले तत्तकाल बाहिर घर भाडामा लिएर कम्तीमा ३० सैयाको आइसोलेसन निर्माण गर्न निर्देशन दिए ।

उपकरण र औषधि हस्तान्त्रण गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने,’ काम गर्ने बेला हो पैसा छैन भनेर टार्न पाइँदैन, प्रदेश सरकारले आवश्यक रकम जिल्ला अस्पतालमा पठाएको छ। खर्च गर्नुस्। नपुगे सरकारले दिन्छ।’