कोहलपुरमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भएको छ ।

कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगन्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५ प ४८४ नम्बरको बाईकलाई ठक्कर दिएको थियो ।

दुर्घटना भए लगत्तै उपचारकालागि शिक्षण अस्पताल कोहलपुर पुयाएकी शोभा केसी बटालाको चिकीत्सकले मृत घोषणा गरेका हुन । मृतक बटाला बैजनाथ गाँउपालिका स्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा काम गर्दै आएको बैजानाथ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले बताए ।

मृतक बटाला मोटरसाइकलको पछाडी सवार थिइन । मोटरसाइकल चालक डन्ड बिक्रम बिष्ट भने गम्भीर घाइते भएका छन । एम्बुलेन्स चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई सकेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि कुललिप चन्दले बताए ।