एकाबिहानै लकडाउन उल्लंघन गर्ने ६२५ जना प्रहरी फन्दामा

काठमाडौं,सरकारले थप गरेको दोस्रो चरणको लकडाउनको आज आठौं दिन। लडकाउनको दिन बढ्दै जाँदा सडकमा देखिने मानिसको सङख्या पनि बढेको छ।

प्रहरीले आज बिहान ७ बजेसम्म उपत्यकाभित्रबाट ६ सय २५ जनालाई नियन्त्रणमा लिएको छ। सबैभन्दा धेरै काठमाडौंमा नियन्त्रणमा लिइएको हो। सडकमा होल्ड हुनेमध्ये ७८ जना महिला पनि रहेका छन्। यसरी प्रहरीले नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै होल्ड गराउँछ।

सोमबार लकडाउनमा हिँड्ने मानिसलाई तीन घण्टा राखिएको थियो। आज भने समय थप गरेर राख्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। ‘लकडाउनमा थप कडाइ हुन्छ।  होल्ड हुने समय थप्छौं,’ डिआइजी पोखरेलले भने। त्यस्तै प्रहरीले ६८ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ।