भालुवाङमा अलपत्र परेका ५८ जनालाई वडाले गर्यो उद्धार

भालुवाङ(दाङ) १७ चैत्र । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ ले ५८ जना व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाएको छ । वडा नम्बर १ मा अस्थायी बसोबास गरी ब्यापार व्यवसायी गर्ने मजदुरहरूलाई उनीहरुको अवस्था तथा समस्यालाई मध्यनजर गरि उद्भार गरेकाे हाे । 

वडाले २८ जना अर्घाखाँची,२८ जना रौतहट,१ जना बर्दिया र १ जना तौलिहवा गरि ५८ जना मजदुरहरूलाई गन्तव्यमा पठाएको वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिए  । साथै उनले अाफ्ना वडामा अलपत्र परेका व्यक्तिहरू अलपत्रमा परेको भए ९८५७८४०६७१ मा खवर गर्न अनुरोध पनि गरेका छन् ।