उद्धार गरि पठाइएका यात्रुलाई दैलेखबाट फर्काइएको भन्ने प्रचार गलत हो – मन्त्री भण्डारी

अलपत्रमा परेकाहरू गन्तब्यमा पुगिसके

बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले केहि मिडियाले अर्नगल प्रचार गरेको बताएका छन । उनले आपत बिपतमा परेका कर्णाली प्रदेशबासीलाई उद्धार गर्नु कर्णाली सरकारको दायित्व भएको भन्दै केहि मिडियामा आएको समाचारको खण्डन गरेका हुन ।

मन्त्री भण्डारीले अलपत्र परेकाउनीहरूको थप स्वास्थ्य परिक्षण गरेर आवश्यकता अनुसार क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसन वार्डमा राख्ने ब्यवस्था भएको छ । कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकहरूलाई उद्धार गरिरहेको छ । सोही अभिभारा सम्पादन गर्न हिजो सुर्खेतमा अलपत्र परेका मजदुर, किसान, विरामी र विद्यार्थीलाई ३ गाडीमा पासको व्यवस्था गरेर जुम्ला कालिकोट पठाइएको हो । जुन संघिय र प्रदेश सरकारको निर्णय विपरित छैन ।

उनले अलपत्रमा परेका नागरिकहरू गन्तब्यमा पुगिसकेको समेत जानकारी दिएका छन ।

मन्त्री भण्डारीले आफनो फेसबुकमा स्टाटस लेख्दै भनेका छन । कोरोना(कोभिड १९) विश्वव्यापी समस्याको रूपमा खडा भएको छ । यो महामारीको विरूद्ध सिंगो मानवजाती जुधिरहेको छ । लकडाउन घोषणा गर्दै त्यही प्रतिरोध संघर्षमा नेपाल र कर्णाली जुधिरहेको छ । लक डाउनको प्रभावकारी कार्यान्वयनमा कर्णाली प्रदेश सरकार डटिहेको छ । लक डाउनको आकस्मिक घोषणाले छाकको जाँतोमा पिसिएका मजदुर, किसान, अध्ययन र उपचारका शिलिशलामा घर छाडेका विद्यार्थी र विरामीहरू पकेट रित्तिएर बेखर्ची बने । उनीहरू विदेशबाट आएका थिएनन् । स्वास्थ्य परिक्षण गरेर पठाइएको छ ।

अलपत्र बनेका उनीहरूको थप स्वास्थ्य परिक्षण गरेर आवश्यकता अनुसार क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसन वार्डमा राख्ने ब्यवस्था भएको छ । कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकहरूलाई उद्धार गरिरहेको छ । सोही अभिभारा सम्पादन गर्न हिजो सुर्खेतमा अलपत्र परेका मजदुर, किसान, विरामी र विद्यार्थीलाई ३ गाडीमा पासको व्यवस्था गरेर जुम्ला कालिकोट पठाइयो । जुन संघिय र प्रदेश सरकारको निर्णय विपरित छैन् ।

तर, अमुक संचार माध्यममा पास नलिएर नियम विपरित मानिस ओसारिएको भन्ने समाचार प्रकासन भयो । दैलेख प्रजिअलाई कोड गर्दै गाडी फर्काइएको सुचना पुन प्रसारण गरियो जुन विल्कुल गलत छ । अलपत्रमा परेका नागरिकहरू गन्तब्यमा पुगिसकेका छन् । आवश्यकता अनुसार उहाँहरूलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेसन वार्डमा राखेर उपचार गरिनेछ ।