जनप्रतिनिधिले नै गरे लकडाउनको उलंघन,भिड लगाएर लगत संकलन

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ ले लकडाउनको उलंघन गर्दै वडामा भिड लगाएर लगत संकलन गरेको समाचार प्राप्त भएको छ । लगत संकलनका लागि वडाले गरिव परिवारलाई वडामा बोलाएर भिड लगाएपछि स्थानीयले विरोध गरेका थिए । विरोध हुन थालेपछि प्रहरी आएर सो कार्य रोकेको नाम नबताउने सर्तमा एक स्थानीयले बताइएका छन्।

वडाले लगत संकलनका लागि नागरिकता लगायत आवश्यक सामाग्री वडामा माग गरेको थियो । लगत संकलनका लागि वडाले गरिव तथा ज्यालादारी गर्ने परिवारको घरमै पुगेर उनीहरूको अवस्था बझेर लगत संकलन गर्नु पर्नेमा वडाले नियम विपरीत काम गरेको पाइएको थियोे । तर अहिले सो कार्य रोकिएको वडा अध्यक्ष चन्दर चौधरीले जानकारी दिएका छन् ।

हामीले सिफारिसका लागि बोलाएका थियौं तर भिड हुन थालेपछि रोकेको वडा अध्यक्ष चौधरीले स्वीकार गरेका छन् । यता वडा सचिव दामोदर पोख्रेलले भने वडामा रहेका टोल विकास समितिलाई वडाबाट लगत संकलन गरि पालिकामा पठाउने भनेकोमा गलत बुझाइका कारण स्थानीयहरू वडामा आएको बताएका छन् । वडामा आएका स्थानीयलाई फिर्ता पठाएको बताएका छन् ।