युवानेता राजन थापाको पहलमा अलपत्र परेका ५२ मजदुरको उद्धार

काठमाडाैँ,जाजरकोट युवा संघ नेपालका नेता तथा केन्द्रीय सदस्य राजन थापाको पहलमा अलपत्र परेका ५२ मजदुरको उद्धार गरिएको छ । काठमाडौँ, नुवाकोट, लगायतका जिल्लामा मजबुरी गरिरहेका पश्चिमका जाजरकोट, सुर्खेत, कालिकोट लगायतका बिभिन्न जिल्लाका मजदुरहरुलाई उद्धार गरिएको हो ।

नेता थापाका अनुसार सरकारको सहयोगमा ५२ जनालाई पश्चिम पठाइएको छ । सुर्खेत लगायतका काठमाडौ अन्तर्राष्ट्रिय बिमान स्थलको पुर्णनिर्माणमा खटिएका केहि बेपत्ता र अलपत्र मजदुर,विद्यार्थीहरु जम्मा गरि ५२ जना अहिले घर हिड्नु भएको छ कुसेन्युजलाई जानकारी दिदै नेता थापाले भने । यो जटिल परस्थीतिमा बिपत्तिमा परेकालाइ सहयाेग गर्नु मेराे कर्त्वय हाे । म र मेराे संगठन युवा संगठन यसमा प्रतिबद्भ छ । उनले  अलपत्र परेकाहरुलाई निरन्तर उद्धार गर्ने गरेको समेत बताए ।

उद्दार पछि काठमाडौंमा अलपत्र बनेका मजदुर तथा बिद्यार्थीहरु खुसी भएका छन् भने लकडाउनको समय अवधी एक हप्ता पुनः बढेपछि विद्यार्थी संगै सुर्खेत र दैलेख घर भइ काठमाडौं काम गर्दै आएका मजदुरहरुको अवस्थालाई मध्यनजर गर्दै उद्दार गरिएको युवा नेता थापाले बताएका छन् ।

युवा नेता थापाको पहलमा आइतबार राती अलपत्र परेका विद्यार्थी तथा जाजरकोट ,सुर्खेत लगायतका बासिन्दालाई ना ७ ख ६९६३ नम्बरको बसमा उद्दार गरिएको बताइएको छ ।