सहयोगको नाममा अनाबश्यक चन्दा उठाएर वितरण नगर्नू – गृह मनत्रालय

काठमाडाैँ, गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ।  आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण गर्न नपाउने निर्णय गरेको हो।

कुनै संघ, संस्था वा व्यक्तिले सहायता दिन चाहेमा भने स्थानीय तहमा सम्पर्क गरी वितरण गर्न सकिने छ। त्यस्तै मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई सहज बनाउने जिम्मा स्थानीय तहलाई दिएको हो। स्थानीय तहले तोकेको मापदण्डअनुसार सामग्री भएमात्रै स्वीकार गर्ने र वडास्तरीय समितिमार्फत वितरण गर्नुपर्ने गृहको निर्णय छ।