जिल्ला बाहिर रहनु भएकालाई मेरो सचिवालयले उद्वार गर्छ : सांसद चाैधरी

भालुवाङ(दाङ)  प्रतिनिधी सभाका सदस्य सांसद मेटमणि चाैधरीले दाङ जिल्लाबाट श्रमकाे लागि अन्य जिल्लामा गई लकडाउनकाे कारण आउन नपाएका व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाउने बताएका छन् ।

आफ्नो फेसबुक स्टाटसमा उनले कुनै व्यक्ति वा समूह छ भने मेराे सचिवालयलाई जानकारी गराउनु होस् वा मैले लेखेको फेसबुक स्टाटसकाे कमेन्ट बक्समा हाल रहेकाे जिल्ला, स्थान, संख्या,आउन खाेजेकाे स्थान र त्यहाँकाे जिम्मेवार ब्यक्तिकाे नाम र फाेन नम्बर राखेमा उहाँहरूलाई घर सम्म अाउनकाे लागि आवश्यक प्रबन्ध मिलाइने बताएका छन् ।