कोरोनाबाट अमेरिकामा एकै दिनमा १८ हजार संक्रमित, २ सय ५५ को मृत्यु

काठमाडौ, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्या २ हजार ४ सय ७५ पुगेको छ । १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् ।

संक्रमितमध्ये ४ हजार ४ सय ३५ जनाले उपचारपछि घर फर्केको अवस्था छ । वल्डोमिटरले उपलब्ध गराएको तथ्यांक अनुसार अमेरिकामा २४ घण्टाको अवधिमा १८ हजार २ सय ७६ जना कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छन् । त्यस्तै २ सय ५५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा सबैभन्दा बढी संक्रमित न्युयोर्कमा छन् । न्यूयोर्कमा मात्रै ५९ हजार ६ सय ४८ जनामा संक्रमण देखिएको छ । त्यहाँ देखिएकामध्ये ६ हजार २ सय ५५ नयाँ संक्रमित हुन् । त्यस्तै ९ सय ६५ जनाले ज्यान गुमाएका छन् । विगत २४ घण्टाको अवधिमा न्युयोर्कमा मात्रै ८२ जनाको मृत्यु भएको छ ।

त्यस्तै न्यूजर्सीमा संक्रमितको संख्या १३ हजार ३ सय ८६ पुगेको छ । १६१ जनाले ज्यान गुमाएका छन् । क्यालिर्फोनियामा पनि ६ हजार २ सय ४ जना संक्रमित हुँदा १३१ जनाको ज्यान गएको छ ।