कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा साढे पाँच लाख सहयोग जम्मा

बिरेन्द्रनगर, सुर्खेत कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा साढे पाँच लाख रुपैंया जम्मा गरिएको छ । कुमारी बैंक सुर्खेत शाखामा रहेको उक्त कोषको खातामा विभिन्न संघ संस्थाहरूले सहयोग रकम बराबरको रकम जम्मा भएको हो ।

सोमबार बिभिन्न संस्थाहरुले चेक कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी लगायतलाई हस्तान्तरण गरेका हुन् । सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतले २ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले रू २ लाख, सिद्वार्थ संचार सहकारी संस्था सुर्खेतले रू ७५ हजार सहयोग गरेका छन् ।

त्यस्र्तै लगनशील महिला लघु उद्यमी सहकारी संस्था लिमिटेड सुर्खेतले रू ५० हजार र सिद्वार्थ नेशनल कोअपरेटिभ सेकेण्डरी स्कुलले रू २५ हजार रकम प्रदेश सरकारको विपद् कोषमा जम्मा गरेका हुन् । विश्वव्यापी रुपमा मानव जातिका विरुद्ध आईपरेको कोरोना संकट अन्त्य गर्न निजी क्षेत्रबाट भएको योगदान प्रति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले धन्यवाद व्यक्त गरे ।