पचालझरना गाउँपालिकाको वडां न. ४ मा ६ शैयाको क्वारेन्टाईन स्थापना

कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिका वडा न. ४ मा ६ सैयाको क्यारेम्टाईन स्थापना गरिएको छ । कोरोना भाइरसको जोखिमलाई न्युनिकरण गर्न आवस्यकता अनुसार थप्ने गरेर ६ सैयाको क्यारेन्टाईन स्थापना गरिएको हो ।
कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखिएमा वा भारतलगायत अन्य मुलुकबाट आएको भेटिएमा आपतकालिन रुपमा बस्न मिल्ने ६ सैयाको क्वारेन्टाईन स्थापना गरिएको वडा नं. ४ का वडाध्यक्ष अनरुप रोकायले बताए ।

जनताको सेवा-सुविधाको लागी कुनै कसुर बाकी नराखी दिनरात खटिरहने अध्यक्ष रोकायले बताए ।

हाल बिश्वभर महामारीको रुपमा फैलिएको कोभिन-१९ वा कोरोना भाइरसको संक्रमणबाट हाल सम्म ३० हजार बढिको ज्यान गैसकेको छ । त्यसको प्रभाव नेपालमा फैलिना नदिन संघ, प्रदेश र स्थानिय निकाय आ-आफ्नो क्षेत्रबाट क्रियासिल रहेका छन् ।