सरकार ! महामारीले भन्दा पहिला भोकमारीले डेरा जमायो (भिडियोसहित)

महामारीको पिडाले त आहाल जमाएकै थियो हुदाहुदा साँझ र बिहान खानाको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । सुर्खेत महिला बिकास केन्द्रमा सानो त्रिपालको झुपडी बनाएर बसेकी पबित्रा नेपालीलाई पबित्रासंगै त्यहाँका बाढि पिडितहरुलाई शुक्रबार रातिदेखि मरिगए निन्द्रा लाग्दैन । लागोस पनि कसरी एकातिर महामारी अर्कोतिर भोकमारी अब के गर्ने होला ? प्रश्न तेर्साउछिन पबित्रा र भन्छिन खानकै लागि अहिलेसम्मा कसैलाई गुहार्नु परेको थिएन ।

१८ घण्टा जोतिएर भए पनि उनले जेन, तेन परिवार पालेकै थिइन । अब भने कसरी परिबार र नाबालक छोराछोरी पाल्ने होला । उनको शनिबार रातिबाट मनमा बेचैनीको तुफान चलिरहेको छ ।

कोरोना भाइरस कोभिड–१९ को महामारीले बिस्तारै भोकमारीको रूप लिन थालेको छ । अझत गरिबको घर–आगनमा भोकमरीले पनि डेरा जमाउन थालेको छ । कोरोनाको महामारीबाट जोगिन नेपाल सरकारले गत मङ्गलबारदेखि देशभर साताव्यापी लकडाउन जारी राखेको छ । त्यसयता नागरिकहरुको दैनिकी घरको दैलोभित्रै सीमित हुन पुगेको छ । दैलोभित्रको दैनिकीले मजदुरी गरी गुजारा चलाउनेहरुको बस्तीमा भोकमरीले पाइला टेक्न थालेको छ ।

अरुको काम नगरी उनीहरुलाई खान पुग्दैन। तर सरकारले कोरोना महामारी रोक्न देशैभरि लगाएको लकडाउनले उनीहरु पत्यक्ष मारमा परेका छन्। उनी भन्छिन्, ‘अहिले हामीलाई साह्रै गाह्रो छ । कामै ठप्प हुँदा कमाइ केही छैन । यो बन्दले दिनभरी कमाएर साँझ खाने मान्छेका लागि एकदमै गाह्रो छ । यो बन्द लम्बियो भने कसरी परिवार पाल्ने भन्ने पिरले निद्रा पनि लाग्न छोडेको छ ।’

रोकबाट बचाउन सरकारले लिएको निर्णयप्रतिति बाढि पिडितलाई कुनै गुनासो छैन । बरु मनभरी आशा छ, भोकबाट बचाउन सरकारले छिट्टै कुनै निर्णय लियोस । ‘रोगले भन्दा भोकले मर्ने चिन्ता छ’ उनिहरुलाई ‘यो कोरोना भन्ने रोगबाट बच्न घरभित्रै बस्नु भनिएको छ । हामी जस्ता दिनभरी काम गरी खानेहरुका लागि सरकारले सोचिदिएको भए हुने थियो । आशा छ हामी जस्ताका लागि सरकारले केही निर्णय लिनेछ,’ उनले आशा व्यक्त गरिन ।

रोगको बारे सचेत देखिएको सरकारले आफूहरुको भोकबारे सोचिदिए राम्रो हुने उनको भनाइ छ । ‘हामी सरकारलाई सहयोग गर्न तयार छौँ । पुलिसले पनि तपाईंहरुको लागि घरमै बस्ने भनेको हो भनिरहेका छन् । तर रोगबारे सचेत देखिएको सरकारले हामीहरु जस्ता काम दिनमा काम नगरेर साँझ भोकै बस्नुपर्नेहरुका बारे सोची दिनुपर्छ,’ सरकारलाई उनको अनुरोध छ ।

कोरोनाको महामारी रोक्न विश्वका विभिन्न देशमा लकडाउन घोषणा गरिएको छ । ती देशले ठूलो राहत दिएका छन् । हाम्रो जस्ता सरकारसँग त्यो अपेक्षा गर्न सकिँदैन । तर यस्तो बेला सरकरले सक्ने जति राहत दिएको भए हामी जस्ताले भोकले मर्नुपर्दैन थियो ।’

सरकारको अवस्थाप्रति जानकारी देखिएका उनिहरुले राहतभन्दा पनि पछि तिर्ने गरी केही सहयोगको अपेक्षा राखेका छन । यति मात्र होइन, सरकारले फेरि लकडाउनको समय थप्छ भन्‍ने त्रास उत्तिकै छ मनमा। यही हल्लाले उनी सुस्ताउँछिन् र भन्छिन्, ‘खान पाउनेहरुलाई त महिनौ दिन यस्तो भए पनि फरक पर्दैन होला, हामीले त के खाने ? 

प्रदेश सरकार स्थानिय सरकारले बिभिन्न घोषणा गरेका छन । तर उनिहरुको पहुँचमा पुग्नेकी नपुग्ने चिन्ता छ । सबै सरोकारवालाको ध्यान जान जरुरी छ ।

हेर्नुस भिडियो