अब भगवान भरोसा बाहेक अर्को रहेन सरकार !

यतिबेला बिश्व जगतलाई ३१ डिसेम्बरबाट चिनकाे वुहान प्रान्तबाट फैलिएको corona virus covid 19 ले हजारौं मानिसको मृत्यु भएको छ । भने लाखौं मानिसहरू सँक्रमित भएका छन । काेराेना भाइरस बिश्व मानव जातिका निम्ति एउटा ठुलो माहामारिका रुपमा फैलिएको छ ।
यसलाई राेक्न र नियन्त्रण गर्न बिश्वभरका बिज्ञहरु लागि रहेछन । तर नियन्त्रण गर्न सकिरहेका छैनन ।

अहिले म बैदेसिक राेजगारिकाे सिलसिलामा मलेसियामा छु । बिश्व काेराेना भाइरसकाे माहामारिबाट आक्रान्त भईरहेकाे बेला मलेसिया पनि त्यसबाट अछुतो हुने कुरा भएन । अहिले मलेसिया पूरा Luck down छ । केही इमर्जेन्सी यातायातका साधनहरु र केही खाध्यका स्टाेर र सुपर मार्केटहरु हाेटलहरु खुल्ला भएका छन भने स्कुल कलेजहरु सबै बन्द छन । देश नै Luck down भएको बेला मलेसियाका सम्पूर्ण कम्पनीहरु बन्द भएका छन । जसका कारण मलेसियामा अहिले स्वदेशी तथा बिदेशी कामदारहरु काम बिहिन भएर सिमित काेठा भित्र बस्न बाध्य भएका छन।

सुरक्षाका हिसाब पनि उनिहरु खतरामा मुक्त भने छैनन .किनकि गुरुपमा बसाइ र गुरुपमा खाने आदि कारणले उनिहरुकाे अवस्था पनि साेचे भन्दा यति राम्रो छैन ।अहिले पनि मलेसियामा corona virus बाट सँक्रमित हुने र मृत्यु हुने सँख्या घटिरहेको छैन भने मृत्युदर पनि बढी नै छ । भने सँक्रमित सँख्या पनि दैनिकि बढि नै रहेकाे छ ।

यदि यहि तरिकाबाट यो अवस्था अगाडि बढि रहे मलेसियामा पनि भयावहकाे स्थिति अाउने निश्चित नै छ । किनकि यो दैनिकी रुपमा सँक्रमितहरु बढिरहेको अवस्थाले पुष्टि गर्दछ । अहिले अरु काम काज ठप्प भए पनि सुपर मार्केटहरु खुल्ला  भएका कारण सामान किनबेच गर्ने मान्छेहरुकाे ठुलो भिडभाड भएको देखिन्छ । यहि प्रकारको भिडभाडकारण यहाँको सँक्रमित हुने सँख्या प्रत्येक दिन बढिरहेको छ। यसलाई कन्ट्रोल गर्न कठिन भएको छ ।

यहाँका मानिसहरूले प्रायः आफ्नाे घरमा खाना पकाउने र खाने गर्दैनन । हाेटलबाट खान किनेर खाने भएका कारण पनि भिडभाड कन्ट्रोल भएको देखिदैन । देश पुरै lockdown भए पनि हाम्रो कम्पनीको काम चलिरहेको छ हाम्रो security service भएको कारण विभिन्न कम्पनीको सुरक्षाको जिम्मेवारी हाम्रो छ त्यसकारण हामी अहिले यस्तो अवस्थामा पनि काममा निरन्तर खटिरहेका छौ ।  म लगायत मेरो साथीहरू यतिबेला चिन्तै चिन्ताका बिचमा काममा गइरहेको छौ।

फ्रन्ट लाइनमा अहिले काम गर्ने भनेको सेना प्रहरी र security guard हरु मात्र छ यस्तो अवस्था सबैभन्दा जाेखिम अरु भन्दा हामीलाई नै छ । अहिले हाम्रो अवस्था अत्यन्तै प्रतिकुल छ कम्पनीहरु अपाटमेन्ट सुपर मार्केट हाेटल केही निजी घरहरूकाे सुरक्षाकाे जिम्मेवारी प्राय नेपाली सुरक्षा गाडले गर्ने भएका कारण पनि प्रतिकुल अवस्थाका बाबजुद पनि त्यसको सुरक्षा गर्नुपर्ने अवस्था छ।
साथै यस्तो अवस्थामा आफ्नाे पनि सुरक्षा निकै चुनौतीपूर्ण भएको छ।

काेराेना भाइरससँग सारा बिश्व लडिरहेको छ । आधुनिक साधान र स्रोतका साथ तर हामी भने निमुखा मान्छेहरु झै सँघर्ष गरिरहेका छौ भाग्यले भनौ के ले अहिलेसम्म मलेसियामा भएका कुनै पनि नेपालीहरुमा काेराेना भाइरस लागेको छैन । लाग्नु पनि नलागाेस कामना गर्दछु । यदि लागि हाले हामीलाई हेरचाह गर्ने मान्छे पनि पाइने छैन । किनकि हामी देशमा होइन अर्काको देशमा छौ आफ्नाे देशमा भन्दा कयौं गुणा टाढा सात समुन्द्र पारि छौ।

पराइकाे देशमा भाषा फरक छ रहन सहन साँस्कृतिक फरक छ यस्तो अवस्थामा हामीलाई हाम्रो कम्पनीले उपचार गर्छ भन्ने पनि लाग्दैन अाफ्नाे स्वार्थ पुर्तिका निम्ति जस्तो सुकै काम पनि लगाउने गर्दछ । यदि मरिहालेकाे खण्डमा नेपाल पनि नपठाइ खाडल हालि दिन्छु ।

भनेर चेतावनी दिने गरिरहेको कम्पनीको मालिक छ । जसबाट बाट हामीले के उपचारको आसा राख्नु र त्यसैले काेराेना भाइरस म जस्तै प्रदेसिएका लाखौं नेपाली दाजुभाइ दिदीबहिनी कसैलाई पनि नलागाेस भन्न चाहान्छु । भाइरसकाे सन्त्रासले अहिले कसैलाई पनि चिन्ताबाट मुक्त हुना दिएको छैन । किनकि हामी यतिबेला प्रदेसि भुमिमा छौ । बिदेशमा भएकै कारण हुना सक्छ । देशको माया परिवार र समाज राष्ट्रकाे असाध्यै धेरै माया लाग्ने रहेछ ।

मलाई त कहिलेकाहीँ यस्तो लाग्छ कि यदि मर्नुपरे पनि अाफ्नाे देशमा गएर मरौ तर समय हामीले साेचे जस्तो छैन ।समय आफ्नै गतिमा लम्किरहेछ । लम्किरहेकाे समयले जसलाई भेटाउछ भेटाउछ हामी त भगवान भराेषा बाहेक अरु केही आसा छैन । किनकि अरुकाे घरमा राखेको कामदार न परियो मालिक भनेको अाफ्नाे स्वार्थ पुर्ति नहुदा सम्मा मात्रकाे हो स्वार्थ पुर्ति भएको दिन देखि कुकुरले हड्डी छाेडेकाे सरि छाेडिदिन्छ । त्यसैले यसबाट अासा त्यति राख्नुपर्ने छैन ।

लडाइँमा सिपाहीहरु मर्छन अफिसरहरु प्राय कमै मर्छन किनकि उनिहरुलाइ प्राय त्यहाँको गतिविधि थाहा हुन्छ । तर जवानलाई यति सुचना हुदैन । त्यस कारण सिपाही धेरै मर्छन तर यो भाइरससँगकाे लडाइँ अलि फरक छ यहाँ कसलाई सुचना दिएर आउदैन नत काेराेनाबाट भागेर टाढा पुगेर बाँचिने र नजिकै बसेर मर्ने भन्ने कुरा छैन ।

तर बिश्व स्वास्थ्य सँगठनले भने एक अर्का बिचकाे दुरि बढाउनु नै यसको अन्त्यकाे एउटा प्रभाबकरि उपाए बताएको छ । भनी रहेको छ हामीसँग त्यो उपाए छैन ।किनकि हामी धेरै नेपाली साथीहरू एउटै काेठामा बस्छौ ।अझै भनौं एउटा सानो भ्यान भित्र यात्रा गर्छौ ।जसबाट हामीलाई खतरा मुक्त हुने अवस्था छैन ।

अहिले प्राय हामी सबैको एउटा मात्र चाहाना भनेको अाफ्नाे देशमा भएको भए सिङ्गो परिवार सँग हुने थियौ । तर बिडम्बना हामी बिदेश छौ बिदेश आफैमा हाम्रो लागि प्रतिकुल छ । त्यसमाथि झन काेराेना भाइरस लागि हाले पानी माग्दा पानी दिने मानिस वा आफन्त साथमा हुने छैन । यस्तो अवस्थामा हाम्रो लागि देशको माया लाग्नु अर्थात याद अाउनु स्वभाबिक नै हो ।

प्रतिकुल परिस्थिति पनि प्राय जाे बिचल्लीमा छ जाे घर बार बिहिन छ।उसैलाई आउछ । हामी अहिले घरबार बिहिन र अाफन्त बिहिन। अवस्थामा छौ।  यो अवस्था मेरो निजी मात्र होइन यो बिदेशमा रहेका लाखौं नेपाली युवा युवती दाजुभाइ दिदीबहिनीहरुकाे हो । हामी लाखौं नेपाली जसले देशको आर्थिक सामाजिक क्षेत्रमा कायपलट गर्न सक्ने रेमिटेन्स पठाउछौ । जसबाट देशको शासन चल्न छ देश चल्छ ।तर अाज देश चलाउन खरबौ रेमिटेन्स पठाउने लाखौं नेपाली भने भगवान भराेषा बाँच्नु पर्ने अवस्था छ ।हाम्रो लागि न त सरकारले केही गर्न सक्छ नत राजदुतावास नै केही गर्न सक्छ ।

त्यसैले म भन्छु लाखौं नेपाली दाजुभाइ दिदीबहिनी तपाईंको लागि तपाईं मात्र हो आफुलाइ बचाउने वा सँक्रमित बनाउने त्यो तपाईंको हातमा त्यसैले सेल्फ क्वारेन्टाइन बसेर आफ्नाे सुरक्षा गरौ ।हामी त नखाउ भने दिनभरिकाे सिकार खाउ भने कान्चा बाउकाे अनुहार जस्तै भएका छौ । अहिले म र मेरा साथीहरूलाई 2072 सालमा अाएकाे भुकम्पकाे भन्दा ठुलो धक्का आएकाे छ ।

हामिसँग काम गर्ने साथीकाे परिवारलाई काेराेना देखिएको छ यसबाट उचाहि कति सुरक्षित हाेला । अहिले उसलाई क्वारेन्टाइनमा राखिएको छ। अब हामी कसलाई हाे क्वारेन्टाइनमा बस्ने पालाे भनेर पर्खिरहेका छौ । काेराना भाइरसकाे अन्त्य अहिले नै हुने सम्भावना अत्यन्तै कम छ । यसबाट बच्नु पनि ठुलो युद्ध जितेको भन्दा धेरै महत्त्वपूर्ण हुनेछ ।

साँच्चिकै आफुलाइ सकुशल नेपाल पुर्‍याउन पाइयो भने जिन्दगीमा फेरि अर्को जन्म पाएकाे ठहरिने छ यो सौभाग्य मलाई मेरा सम्पूर्ण साथीहरूलाइ आवस अहिले सबैको एउटै नारा छ जय पसुपतिनाथ ।  तिमीले हामीलाई बचाइदेउ । एक पटक पुन म देश भित्र र बाहिर बिदेशमा रहनु भएका सम्पूर्ण साथीहरूकाे स्वास्थ्य लाभको कामना गर्दछु । हामी नेपाली हो । गरिबि अभाव धुवा धुलाे दुख कष्ट भाेेक प्यासलाइ पचाएका छौ यसलाई पनि हामीले पचाउने छौ निराश नबनौ ।  नहतारिनुहाेस नअातिनुहाेस एउटा ठुलो समस्याले एउटा ठुलो समाधान पनि ल्याएर अाएकाे हुन्छ ।