भारतबाट ग्यास आयातमा कमी

वीरगन्ज, नेपाल र भारतमा लकडाउन भएयता भारतबाट वीरगन्ज नाका हुँदै ग्यास आयातमा कमी आएको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपालमा चैत १० देखि सीमा नाका बन्द गरिएको छ । चैत ११ गतेदेखि लकडाउन गरिएको छ । भारत पनि चैत १२ देखि २१ दिनका लागि लकडाउनमा छ ।

यो बेला अत्यावश्यक वस्तु आयात निर्यातमा कुनै अवरोध नहुने दुवै देशका सरकारले जनाएका छन् । तर, भारतबाट ग्यास आयातमा कमी आएको छ ।

नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा भारतबाट वीरगन्ज नाका हुँदै दैनिक औसतमा ५० देखि ५५ बुलेट एलपी ग्यास नेपाल भित्रिन्छ । चैत ११ यता भारतबाट दैनिक औसतमा २७ बुलेट ग्यास मात्र भित्रिइरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।