तरकारी र फलफूलको मूल्य आकासियो
प्रकासित मिति : २०७६ चैत्र १५, शनिबार ०८:१८
प्रकासित समय : ०८:१८
लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ ।
गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ । यो अवधिमा सागको मुल्य प्रतिमुठा २० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ ।
तरकारीसँगै काठमाडौं उपत्यकामा फलफूलको पनि मूल्य बढेको छ । स्याउनको मूल्य गत सातासम्म १ सय ५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सयबाट बढेर १ सय ५० रुपैयाँ पुगेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।