कोरोना रोकथामका लागि एएनबी हस्पिटलले गर्यो १ लाख ५० हजार सहयोग

कालिकोट । कोरोना रोकथामका लागि राहत कोषमा ए.एन.बि हस्पिटल पलाँताले १ लाख ५० हजार सहयोग गरेको छ । ए.एन.बी हस्पिटल पलाँताकी संचालिका गोरिकला बमले शुक्रबार पलाँता गाउँपालिकाको स्वास्थ्य शाखालाई १ लाख ५० हजार सहयोग हस्तान्तरण गरेकी हुुन ।

संचालिका बमले सामाजिक उतरादायित्व पूरा गर्न शुक्रबार पलाँता गाउँपालिका स्वास्थ्य संयोजक हिमाल संज्याललाई १ लाख ५० हजार नगद सहयोग हस्तान्तण गरिन ।

संचालिका बमले सहयोग हस्तान्तरण गर्दै आफ्ना ससुराले स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई निरन्तरता दिन ससुरा र सासुको नामबाट ए.एन.बि हस्पिटल संचालनमा ल्याएको बताउदै अहिले विश्वब्यापि महामारिका रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमबाट जोगिन हस्पिटलको तर्फबाट सानो सहयोग भएपनि केही सहयोग होस् भन्ने हेतुले सहयोग गरेको बताइन ।