यसकारण छापामार शैलीमा गाउँगाउँ पुग्यो अध्यक्ष सेजुवालको टोली

कालिकोट,पचलाझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवाल लगायतको टोलीले आफनो गाउँपालिकामा लकडाउनको प्रभाव र होम क्वारेन्टाइनको बिषयमा अबलोकन गरेका छन । उपाध्यक्ष तारा न्यौपाने,स्वास्थ्य प्रमुख बिरेन्द्र सञ्ज्याल लगायतको टोलीले कोरोनाको सचेतताका लागि पालिकाका केहि स्थान अबलोकन गरेका हुन ।

नेपालमा महामारीको रुप लिन सक्ने संभावनालाई मध्यनजर गरि जनताको अबस्था बुझन गाउँगाउँ पुगेको अध्यक्ष सेजुवालले बताए । अध्यक्ष सेजुवालले आम जनताको अबस्था अनुसार पालिकाले बिभिन्न सहयोग घोषणा गरिसकेको जानकारी दिए । प्रत्यक घरधुरीलाई साुबन,मास्कदेखि अति आबश्यक पर्ने समानको ब्यवस्थापन गर्न पालिका जिम्मेबार भएर लागेको बताए । उनले बाहिरबाट आउनेहरुका लागि बिद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा लिएको समेत बताए ।

त्यस्तै अबलोकनमा गाउँपालिका उपाध्यक्ष तारा न्यौपाने,स्वास्थ्य प्रमुख बिरेन्द्र सञ्ज्याल र स्वाथ्यका कर्मचारी समेत गाउँगाउँ अबस्था बुझन पुगेका थिए ।

गाउँपालिकाले भार्तडीदेखि जारकोटसम्मा छडके अनुगमन,गरि कालोबजारी गर्नेलाई कारबाहि गर्ने, बिद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा बिकास गरि आबश्यक चेकजाँचलाई यसअगाडि बढाइसकेको छ ।त्यस्तै प्रत्यक वडाहरुमा शंकास्पद ब्यक्तिहरुलाई स्वाथ्य चेकाजाँच गरि क्वारेन्टाइनमा राख्ने,गाउँपालिकाले बिपद ब्यवस्थापनका लागि १० लाख रुपैयाँ कोष समेत छुटाएको छ । साथै पचालझरना गाउँपालिकाको समग्र अबस्थालाई मध्यनजर गरी कर्मचारीहरु बिदामा नबस्ने सबै हाइएर्लट अबस्थामा बस्ने बताएको छ ।