लकडाउनको पुर्णरूपमा पालना गर्न देउखुरीका चारवटै पालिका प्रमुखको आग्रह

दाङ,दाङ देउखुरीको चार वटै पालिका प्रमुखहरूले नेपाल सरकारले गरेको लकडाउनको पुर्णरूपमा पालना गर्न आग्रह गरेका छन् । जिल्लाको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी,गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव,राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले कोरना भाईरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले लगाएको लकडाउनको पुर्ण रुपले पालना गर्न सम्पुर्ण आम नागरिकहरूलाई अनुरोध गरेका छन् ।

पछिल्लो समयमा विश्वब्यापी रुपमा महामारीको रुपमा फैलदै गएको कोभिड १९ अर्थात कोरना भाईरस बाट बच्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको नै आ आफ्नो घरमा बस्ने, अरु ब्यत्ति बाट करिव ३ फिट दुरीमा रहने, सफा खाने, समय समयमा साबुनले मिचिमिचि हात धुनाले भाईरसबाट बच्च सकिने बताएका छन् ।

अहिले सवै पालिकाले नागरिकलाई गाउँगाउँमा पोस्टर, पम्मलेट, रेडियो, टेलिभिजन मार्फत सुचना प्रशारण गर्दै कोरना भाईरस बाट बच्च र अरुलाई पनि बचाउन प्रत्यक ब्यत्ति सुरक्षित घरमै बस्न अनुरोध गरेका छन् ।