पाटन अस्पतालमा कोरोना संक्रमणको परीक्षण हुने

काठमाडौं,कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने र निर्क्योल गर्ने काम अब पाटन अस्पतालमा पनि सञ्चालन हुने भएको छ ।

पाटन अस्पतालले गरेको तयारीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले निरीक्षण गरेका छन् । पाटन अस्पतालमा २४ आइसीयू बेड,४५ क्वारेन्टाइन बेड, ३० आइसोलेशन बेड तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै पाटन अस्पतालले पीपीई सिलाउने काम पनि गरिरहेको छ । त्यसका लागि ४ जना कर्मचारीले अहोरात्र काम गरिरहेका छन् । त्यस्तै उपचारमा समलग्न सम्पुर्ण कर्मचारीको लागि क्वारेन्टाइन,खान बस्नको लागि भिन्नै ब्यबस्था गरिएको अस्पतालले जनाएको छ ।
अहिले क्वारेन्टाइन, आइसोलेसन र आइ.सि.यु को लागि छुट्टाइएको क्षेत्रलाई सिल्ड गर्ने काम भैरहेको छ ।