कोरोना भाइरस बिरुद्ध पचालझरना गाउँपालिकाले गर्यो यस्तो घोषणा

१० लाख बिपद ब्यवस्थापन कोषदेखि मास्क र साबुन बितरण गर्ने

कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको रोकथामका लागि मास्कदेखि सावुन बितरण गर्ने भएको छ । कोरोना भाइरस बिरुद्ध सचेतनाका लागि  गाउँपालिकाले १५ हजार पिस मास्क र प्रत्यक घरलाई पुग्नेगरी साबुन बितरण गर्ने भएको हो ।

गाउँपालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार गाउँपालिकाले भार्तडीदेखि जारकोटसम्मा छडके अनुगमन,गरि कालोबजारी गर्नेलाई कारबाहि गर्ने, बिद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा बिकास गरि आबश्यक चेकजाँचलाई अगाडि बढाउने भएको छ ।

त्यस्तै प्रत्यक वडाहरुमा शंकास्पद ब्यक्तिहरुलाई स्वाथ्य चेकाजाँच गरि क्वारेन्टाइनमा राख्ने ब्यवस्था समेत मिलाउने बताइएको छ । गाउँपालिकाले बिपद ब्यवस्थापनका लागि १० लाख रुपैयाँ कोष समेत छुटाएको छ । साथै पचालझरना गाउँपालिकाको समग्र अबस्थालाई मध्यनजर गरी कर्मचारीहरु बिदामा नबस्ने सबै हाइएर्लट अबस्थामा बस्ने बताएको छ ।

यस्ता छन घोषणा