बिश्वका महाशक्ति राष्ट्रहरुको अग्नि परीक्षामा कोरोना

पछिल्लो समय बिश्व कोरोना भाइरसको सन्त्रासले आक्रान्त छ । मान्छेहरु त्राहीत्राही छन । एकातर्फ रोगले मर्नु त छदैंछ, अर्कोतर्फ डरत्रासको मनोविज्ञानले अतालिएर डिप्रेसनमा जाने सम्भावना बढदो छ ।

महामारीले भौतिक क्षतिमात्र होइन, मनोवैज्ञानिक रुपमा पुर्‍याउने क्षति त त्यो भन्दा कयौँगुणा भयानक र अपूरणीय हुन्छ नै । हुन त मानवीय संवेदनाको मनोविज्ञान यो कुरामा सहमत नहोला तर द्वन्द्वको प्राकृतिक नियम यो सत्यभन्दा बिल्कुल टाढा छैन ।

मानिसमा कोरोना संक्रमण भए पनि ९७ प्रतिशतको बाँच्ने निष्कर्ष चिकित्सा विज्ञानले भनिरहँदा आम मानिसमा भने यसले ठूलो मनोवैज्ञानिक त्रास सिर्जना गरिरहेको छ। यसलाई चिर्न चिकित्सा विज्ञानले सकिरहेको छैन। बिश्वमा सर्वप्रथमा पहिलो विश्वयुद्ध सन १९१४ भयो मानिस एवम भौतिक धनजनको धेरै ठुलो क्षति बिश्वले ब्यहोर्नु परेको छ । पहिलो विश्वयुद्धले बिश्वलाई त्रास फैलाएको थियो । कसरी बिश्वलाई आफ्नो कब्जामा राख्न सकिन्छ भने बारेमा शक्तिराष्ट्र र महाशक्ति राष्टहरु लागेका थिए ।

पहिलो विश्वयुद्ध समाप्त भएको ठिक २० बर्ष पछि दोस्रो विश्व युद्धले सन १९३९ बिश्वलाई दुई भागमा बिभाजन गरेको थियो । दुई राजनीतिक बिचारधाराका कारणले बिश्वमा त्रासमात्र फैलाएनकि धेरै मानविया एवमा भौतिक क्षति ब्यहोर्नु पर्यो । सन १९९१ दशकमा सोभियत संघको बिघटन संगै विश्व एकल धुर्बमा प्रवेश गरेको थियो । अमेरिका विश्व शक्तिशाली राष्ट्रको रुपमा उदय भएको थियो। झण्डै तीन दशक पछि बिश्वका धेरै देशहरु राजनीतिक ,सामाजिक ,राजनीतिक ,आर्थिक शक्तिका रुपमा उदय भयको पाइन्छ।

संसारको राजनीतिमा मनोवैज्ञानिक भयवाद स्थापित मान्यता रहँदै आएको तथ्यहरु बेलाबेला सार्वजनिक हुँदै आएका छन् । यही माखेसाङ्लोमा सिग्मण्ड फ्रायड र मार्क्सका द्वन्द्वात्मक दृष्टिकोणबाट यो आतंकलाई हेर्ने हो भने पूर्वीय र पश्चिमेली शक्ति विरासतको द्वन्दको तत्वले प्रष्ट काम गरेजस्तो लाग्छ।

विभिन्न कारणले विश्व तेस्रो विश्व युद्ध नजिक पुगेको अबस्थामा कोरोना भाइरसले बिश्वलाइ एक ठाउँमा ल्याको छ भने बिश्वका विभिन्न शक्तिराष्टहरुको शक्तिको मापन पनि गर्दैछ । अहिले बिश्वका सबै राष्टहरुले आफ्ना देशका नागरिकहरुको स्वास्थ्य सुरक्षाको लागि संयुक्त रुपमा बिभिन्न प्रबिधि ,औषधि,दक्ष स्वास्थ्यकर्मी टोलि प्रयोग गरि आफ्नो दुस्मन कोरोनालाई परास्त गर्नको लागि अगाडि बढेको पाइन्छ ।

विश्व आर्थिक शक्तिको रुपमा उदयमान देश चिनको हुवान सहरबाट सुरु भएको कोरोना भाइरसले बिश्वका १५८ देशहरुमा छोटो समयमा कब्जा जमाएको छ। बिश्व स्वास्थ्य संगठनले कोरोनालाई अन्त्य गर्नको लागि बिश्वलाई एक भएर अगाडि बढन अनुरोध समेत गरेको छ ।

अहिलेसम्म बिश्वमा कोरोनाले ७ हजार१सय३९ जना मानिसको मृत्युु भैसकेको छ । यो भाइरसले बिश्वलाई शक्तिराष्टहरु लाई आफ्नो देशको नागरिकहरुको स्वास्थ्य सुरक्षाको लागि आफनो सबै भन्दा बढि खर्च सैनिक,हतियार एवम प्रमाणु हतियारको निर्माण तिर नभयर स्वास्थ्य क्षेत्रमा गर्ने लगानि गर्न उत्पेरण दिएको पाईन्छ।