अनिश्चितकालका लागि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको जानकारी दिए । प्रतिनिधिसभाको बैठक पनि १३ गतेसम्मलाई स्थगित गरिसकिएको छ ।